महासंघ कोशी प्रदेशको अध्यक्षमा उमेशलाल समर्थित राजेन्द्र राउत निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 06:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध रुपमा चयन भएका छन् । कोशी प्रदेशको पाँचौं प्रदेशसभाले राउतलाई निर्विरोध रुपमा अध्यक्षमा चयन गरेको हो । 

उदयपुर उद्योग वाणिज्य संघ कटारीको अध्यक्षसमेत रहेका राउत वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समर्थित हुन् । 

उपाध्यक्षमा जिल्ला नगरतर्फ भीम पौडेल र एसोसिएट्सतर्फ कुमार मणि पौडेल निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी कोषाध्यक्षमा सुवास आचार्य निर्वाचित भएका छन् ।

सदस्यहरुमा विरेन्द्र साह, पृतम खड्गी, प्रकाश सिवाकोटी, ऋषि तिम्लिसिना, ध्रुब श्रेष्ठ, राजन श्रेष्ठ, दिपक पाण्डे, रविनकुमार दाहाल, भवेशकुमार श्रेष्ठ रश्रवणकुमार अग्रवाल सर्वसम्मत निर्वाचित भएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved