ईटीडीएस गर्दा यी कुरामा ध्यान दिनुहोस, समस्या नदोहोरिने पक्‍का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2019 | 05:37:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ईटीडीएस गर्दै हुनुहुन्छ । भौचर रिकन्साइल भएन? पटक पटक सब्मिट गर्दा पनि रिकन्साइल नभएर हैरान हुनुभयो? रेकर्ड भेरिफाई भएन? यी कुरामा ध्यान दिनुहोस् । तपाईंको समस्या नदोहोरिने पक्‍का छ ।

भौचर रिकन्साइल (Reconcile) भनेको के हो?

तपाईंले बुझाउनुपर्ने TDS रकम  भौचर भरी बैंक खातामा डिपोजिट गर्नुहुन्छ । बैंकले त्यो भौचरको विवरण  Revenue Information Management System (RMIS) मा इन्ट्री गर्छ । RMIS सर्भरले त्यो विवरण आन्तरिक राजस्व विभागको Integrated Tax System (ITS) पठाउँछ । बैंकमार्फत RMIS सर्भर हुँदै ITS मा रहने डाटासँग तपाईंले ईटीडीएस गर्दा भरेको विवरणसँग मिल्नुपर्दछ । त्यो विवरण दुरुस्त मिल्यो भने सर्भरले स्वीकार (Accept) गर्छ । लेखाको भाषामा दुईवटा फरक फरक सेटमा भएको हिसाब विवरण मिल्नुलाई रिकन्साइल हुनु भनिन्छ । अर्थात्, राजस्वको कम्प्युटर सिस्टममा भएको डाटासँग तपाईंले इन्ट्री गरेको विवरण मिल्नु नै रिकन्साइल हुनु हो ।

भौचर रिकन्साइल नहुने कारण

राजस्व तिरेको भौचरको विवरण बैंकमार्फत इन्ट्री भएको विवरणसँग मिलेन भने भौचर रिकन्साइल हुँदैन । यसका कारणहरु निम्न छ ।

१.    राजस्व शीर्षक फरक पर्नुः उदाहरणको लागि ११११२ (पारिश्रमिक कर) को सट्टा गल्तीवश १११२१ (सरकारी निकायको मुनाफामा लाग्ने कर) हुँदा भौचर रिकन्साइल हुँदैन ।

२.    यौटा राजस्व कार्यालयको बैंक खाता नम्बर लेखिनुपर्नेमा अर्को खाता नम्बरमा राजस्व जम्मा भएको खण्डमा ।

३.    यौटा कार्यालय कोडमा जम्मा गर्नुपर्ने रकम अर्को कार्यालयको कोडमा जम्मा भएमा ।

४.    एक आर्थिक वर्षको रकम अर्को आर्थिक वर्षमा जम्मा भएमा ।

५.    टीडीएस विवरण भर्दा कारोबार मिति (बैंकले उल्लेख गरेको मिति) को सट्टा भौचर भरेको मिति इन्ट्री भएमा ।


यसअघि:

व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?

-व्यवसाय गर्न चाहनुहु्न्छ ? भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने कारोबारबारे थाहा पाइराख्नुस

-सावधान! तपाईंको नाममा प्यान दर्ता भएको त छैन ? (राजस्व विभागको सूचनासहित)

-व्यक्तिगत प्यान नम्बर लिएपछि के हुन्छ ?

-थाहा पाउनुहोस्, आम्दानी र भत्ताबाट काटिने टीडीएसको दर (सुची सहित)

-कर तिर्न साढे २ सय किलोमिटरसम्म यात्रा

-एक ठाउँबाट अर्को ठाउँमा राजस्व कसरी तिर्ने ?

-आम्दानी र भत्ताबाट काटिने टीडीएस र ईटीडीएस भनेको के हो ?

आय विवरण र कर कहिले बुझाउने ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved