‘राजीनामाले मात्रै पुग्दैन, अर्थमन्त्रीमाथि राज्यविरुद्धको कसूरमा छानबिन गर्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 04:59:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राज्यविरुद्धको कसूरमा छानबिन गर्नुपर्ने संविधानविदहरूले राय दिएका छन् । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश र सीसीटीभी फूटेज डिलेट गरेर प्रमाण नष्ट गरेको विषयमाथि प्रतिक्रिया दिँदै संविधानविदहरूले उनीमाथि तत्काल छानबिन गर्नुपर्ने बताएका हुन् ।

बजेट निर्माणको आफ्नो प्रक्रिया हुँदाहुँदै गैरकानूनी रूपमा अनाधिकृत व्यक्तिको प्रभावमा राजश्वका दरहरू हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि छ । सूचनाको हक प्रयोग गरेर मागिएको सीसीटीभी फूटेज पनि डिलेट भइसकेको भनेर अर्थमन्त्रालयबाट जारी विज्ञप्तिले उनीमाथि प्रमाणसमेत मेटाएको आरोप थप लागेको छ ।

शर्माले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने र त्यो नगरे प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेर छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग उठिरहेका बेला संविधानविदहरूले राज्यविरुद्धको कसूरमा छानबिन गर्नुपर्ने बताएका हुन् । बिजपाटीले केही संविधानविद तथा वरिष्ठ अधिवक्तासँग यसबारे प्रश्न सोधेको थियो ।

मन्त्रीका रूपमा खाएको सपथको उल्लङ्घन भयो - डा. भीमार्जुन आचार्य

वरिष्ठ अधिवक्ता तथा संविधानविद भीमार्जुन आचार्यले अर्थमन्त्री शर्माले आफूले खाएको सपथको उल्लङ्घन गरेको टिप्पणी गरेका छन् । 'सपथकै उल्लङ्घन गर्नुलाई राज्यविरुद्धको कसूर मानिन्छ,' शर्माले भने, 'राष्ट्रका नाममा खाएको सपथको उल्लङ्घन गर्नु सामान्य विषय होइन । अब त उनले राजीनामा दिएर मात्र पनि समस्या समाधान हुँदैन । उनले गरेको कसूरविरुद्ध छानबिन गर्नुपर्छ ।'

आचार्यले अर्थमन्त्री शर्माले राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने बताए । 'अर्थमन्त्री शर्माले राजीनामा नदिए या उनलाई बर्खास्त नगरे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्ने बेला भइसक्यो,' आचार्यले भने, 'यत्तिको बदनामी भइसकेपछि प्रधानमन्त्रीले आफ्नो विवेक प्रयोग गर्नुपर्छ ।'

अर्थमन्त्रीले राज्यविरुद्धको कसूर गरे - अधिवक्ता ओमप्रकाश अर्याल

अधिवक्ता ओमप्रकाश अर्यालले पनि अर्थमन्त्री शर्माले राज्यविरुद्धको कसूर गरेको बताए । 'अर्थमन्त्री शर्माले गरेको कामलाई अपराध संहिताअनुसार राज्यविरुद्धको कसूर भन्न मिल्छ,' अर्यालले बिजपाटीसँग भने, 'उनले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अपराध मात्र गरेका छैनन्, सीसीटीभी फूटेज मेटाएर प्रमाण नष्ट गर्ने काम पनि गरेका छन् ।'

उनले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गरेर गिरफ्तार गर्नुपर्ने बताए । 'उनलाई बर्खास्त गरेर प्रहरीलाई आफ्नो काम गर्न दिनुपर्छ,' अर्यालले भने, 'तर अहिल्यै उनीविरुद्ध कसैले जाहेरी हाल्छ जस्तो लाग्दैन । स्वार्थ समूहको ठूलै चलखेल छ । कसैको प्रभावमा परेर राजश्वको दररेट हेरफेर गर्नु देश र जनताविरुद्धको गद्दारी हो ।'

राज्यले दिएको सुरक्षा फिर्ता गरेर कारवाही थाल्नुपर्छ - डा. बिपीन अधिकारी

संविधानविद तथा वरिष्ठ अधिवक्ता बिपीन अधिकारीले अर्थमन्त्री शर्माले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् । बिजपाटीसँग कुराकानी गर्दै अधिकारीले शर्मालाई राज्यले दिएको सुरक्षा तुरुन्त फिर्ता गरेर कारवाहीको प्रक्रिया थाल्नुपर्ने बताए ।

'अर्थमन्त्री शर्माबाट जे हुन गएको छ, त्यो अख्तियारको दुरुपयोग हो,' डा. अधिकारीले भने, 'सरकारी दस्तावेजको गोप्यता कायम गर्ने कर्तव्य निर्वाह भएन भने कानूनी कारवाही गर्ने ठाउँ हुन्छ । उनलाई प्रधानमन्त्रीले तत्काल पदमुक्त गर्नुपर्छ, राज्यले दिएको सुरक्षा फिर्ता गरेर साधारण मान्छे बनाएपछि यथाशीघ्र उनले गरेको अपराधका आधारमा कारवाही हुनुपर्छ ।'

यो पनिः
‘क्रान्तिकारी’ जनार्दनको जंगबहादुरकालीन सामन्ती हर्कत

डा. अधिकारीले शर्माले गरेको अपराधको मूल्यांकन गरेर पदको दुरुपयोग कति हदसम्म भएको छ त्यसका आधारमा कारवाही गर्नुपर्ने बताए । उनले मन्त्रीलाई मात्र कालो देखेर समस्याको समाधान नहुने बताए । 'मन्त्रीलाई मात्र कालो देख्नु भएन,' उनले भने, 'यसमा कुन कर्मचारीको कति हात छ, प्रधानमन्त्रीको कति हात छ, त्यो पनि हेर्नुपर्छ ।'

डा. अधिकारीले सीसीटीभी फूटेज डिलेट गर्न नभई आँखा नपुग्ने ठाउँको अवस्था हेर्न राखिएको बताए । 'सीसीटीभी मेटाउन राखेको होइन, बरू आँखाले हेर्न नसकेको ठाउँ हेर्न राखिएको हो । त्यसलाई संरक्षण गर्नुपर्ने कानूनी दायीत्व हुन्छ । अर्थमन्त्रीले त्यसलाई डिलेट गरेर प्रमाण नष्ट गर्ने काम गरेका छन्,' उनले भने ।

संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ - शम्भु थापा  

संविधानविद तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले अर्थमन्त्रीमाथि संसदीय समितिले छानबिन गर्नुपर्ने बताएका छन् । बिजपाटीसँग संक्षिप्त कुराकानी गर्दै थापाले भने, 'बजेटमा अनाधिकृत व्यक्तिको प्रवेश हुनु गम्भीर हो, यसबारे संसदीय समिति बनाएर तत्काल छानबिन गर्नुपर्छ ।'

थापाले संसारभरिका कानून नैतिकतालाई कायम गर्न बनाइएको बताए । अर्थमन्त्री शर्माले पनि आफ्नो नैतिकतालाई बचाएर राख्नुपर्ने र त्यसैका आधारमा भोलिपनि राजनीति गर्ने ठाउँ रहने थापाको सुझाव छ ।

'नेपालको सार्वभौमसत्ताको प्रत्यक्ष प्रयोग गर्ने ठाउँमा अर्थमन्त्री छन्,'थापाले भने, 'उनले रोष्ट्रमबाट बोल्नासाथ तत्काल करको दर हेरफेर हुन्छ । प्रत्यक्ष सम्प्रभु अधिकार प्रयोग गर्ने ठाउँमा भएका अर्थमन्त्री शर्माले त्यसको दुरुपयोग गर्नेबित्तिकै या गरेको आरोप लाग्नेबित्तिकै राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ ।'

यदि अर्थमन्त्री शर्माले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त नगरेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल बर्खास्त गर्नुपर्ने थापाको भनाइ छ । 'उनले सही गरेको भएपनि, या गलत गरेको भएपनि भोलि पनि राजनीति गर्ने हो भने, जनताको सुरक्षा र अर्थतन्त्रको सुरक्षा गर्ने हो भने तत्काल आफ्नो नैतिकता सम्झेर अघि बढ्नुपर्छ,' थापाले भने ।

बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

फुटेज प्रकरण सेलाउन नपाउँदै शर्मालाई अर्को आपत: बाहिरियो साहिलसँगको अर्को कनेक्सन

अर्थमन्त्रीले नभई बिचौलिया ब्यापारी दिपक भट्टले लेखेका थिए बजेट

राज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’

-अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार 

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

-दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ? 

-  जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?

गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै 

-  जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved