हाइलाइफ सफल पारेर ४ युवाको 'पहाडी' यात्रा, पहाडमा उत्पादन हुने सबै कृषि उपज बिक्रीको लक्ष्य

सीता बुढाथोकी

सीता बुढाथोकी

Dec 19, 2023 | 04:18:31 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइलाइफका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेलाई कृषि क्षेत्रमा केही गर्न मन लाग्यो। हाइलाइफ स्वदेशी उत्पादनलाई जोड दिँदै सेवा विस्तार गर्दै आएको कम्पनी थियो । हाइलाइफलाई एउटा उचाईमा पुर्याएपछि उनलाई अलि फुर्सद भएको महशुस भयो । 

हाइलाइफको नाम पुरै विदेशी भएकाले उनलाई नेपाललाई र कृषकलाई चिनाउने खालको नाम भएको ब्राण्ड खोल्न मन लाग्यो । त्यसपछि उनको भेट सन्जय काफ्लेसँग भयो। काफ्ले कृषि विषय लिएर पढेका थिए । यी दुई जना कृषिमा केहि न केहि गर्ने भन्ने भलाकुसारी गरि रहन्थे । 

प्रशान्त भन्छन् मैले पढेको विषय अरुनै भएकाले कृषि सम्बन्धि केहि पनि ज्ञान थिएन । तर हाइलाइफमा काम गर्दा किसानका समस्याहरु बुझ्न थालेको थिएँ,” उनले भने, “हामी व्यापार गर्ने मानिसले जहा पनि समस्यालाई नै हेरेका हुन्छौँ । त्यसैले अब किसानका समस्याहरु समाधान गर्नको लागि कुनै एउटा ब्राण्ड बनाउ भनेर सोच्न थालेका थियौ।

कुराकानीको क्रम मै उनीहरुले  'पहाडी' नाम जुराए । र किसानका समस्याहरु समाधान गर्ने उदेश्य सहित २०८० भदौ देखि 'पहाडी फुड्स' सुरु भयो। अन्तंत: प्रशान्तलाई आएको सोच पुरा भयो।  हाल 'पहाडी फुड्स'मा  प्रशान्त घिमिरे, रोविन शर्मा, सन्जय काफ्ले र अमृत थापा सह सस्थापकको रुपमा छन् । 

कृषिका सामानहरुलाई राम्रो ब्राण्ड बनाएर बेच्नको लागि नामले पनि फरक पार्ने भएकाले ब्राण्डिङ् गर्नको लागि कठिन नहोस् भनेर कृषि क्षेत्र सँग र नेपाल सँग जोडिएको कारण पहाडीनाम राखेको प्रशान्त बताउछन् । कृषि क्षेत्र, नेपाललाई चिनाउने र नेपालमा धेरै सामानहरु पहाडी भुभागमा उत्पादन हुने भएकाले पनि हामीले यसको नाम पहाडी राखेको हो,” उनी भन्छन्,“ हामीले नाम धेरै खोजेका थियौ। हिमाली भेट्यौ, तर पहाडी कतै भेटेनौ र पहाडी नाम सम्झन पनि सजिलो भएकाले यो नाम नै राम्रो लाग्यो ।” 

प्रमाणिकता, गुणस्तर र दिगोपनामा जोड

पहाडीले प्रमाणिकता, सामानको गुणस्तर र दिगोपन जस्ता तीन ओटा बिन्दुमा रहेर काम गरिरहेको छ । धेरै प्रकारका मह बजारमा पाईन्छ । तर खरिद गर्ने मानिसलाई चाँहि यो प्रमाणिकता मह हो कि हैन भन्ने शंका रहेछ। यो एउटा समस्या हामीले महशुस गर्यौ,” उनी भन्छन्, “ त्यहि भएर प्रमाणिकता, सामानको गुणस्तर र दिगोपनलाई ध्यानमा राखेर हामी काम गरिरहेका छौँ ।

५० लाख लगानी, पहिलो कारोबार नै जापानसँग

पहाडी सुरु गर्न एक करोड ५० लाख लगानी लाग्यो । पहाडीले भोजपुर, चितवन, सुर्खेत, काभेबाट उत्पादित दाल, मह, कोदोको पिठो, तोरीको तेल, गेडागुडी, चियापत्ति,बेसार, टिमुर ल्याउने गरेको छ । र लोकल फार्महरुबाट तरकारी ल्याएर विभिन्न प्रकारका अचारहरु उत्पादन गर्ने गरेको छ । कुन ठाउँबाट आएको सामान हो भनेर प्याकेटमा नै लेखिएको हुन्छ । यी सम्पुर्ण सामानहरु काठमाडौँका खुद्रा पसलहरु मार्फत विक्रि भइरहेका छन् । साथै आफ्नै वेबसाइट र ईन्ष्टाग्राम बाट पनि बिक्री भईरहेका छन् । 

पहाडीले आफ्नो पहिलो कारोबार जापान सँग गरेको थियो । अहिले धेरै वटा देशमा यसका सामानहरु पुग्ने गरेका छन् । पहाडीले थोरै समयमा उपभोक्ताको मन जित्न सकेको छ । मानिसहरु दोहोर्याएर पनि आउने गरेका छन् । पसलेहरुले सुरुमा २ बट्टा मह लगेका थिए भने अहिले एकचोटिमा २० बट्टा सम्म लाने गर्छन्,” प्रशान्त भन्छन्, “यो सबै हाम्रो गुणस्तरका कारणले गर्दा भएको हो । उपभोत्ताले हाम्रो ब्राण्ड चिनी सकेका छन् ।

उनका अनुसार पहाडीले विक्रि गर्दै आएका सामान मध्य सबैभन्दा धेरै विक्रि हुने सामान मह हो । गुणस्तरिय मह बजारमा नपाएका कारण सबै उपभोक्ता समस्यामा रहेछन् । जस्तो सुकै ठुलो कम्पनीले पनि महमा केहि मिसाएर दिने गरेका छन्,” सञ्जयले भन्छन्, “ प्रक्रितिक मह कहिले पनि एकै स्वादको हुँदैन । किनकी मह सिजन अनुसार फरक फरक स्वादको हुन्छ । यदि उकै स्वादको मह बजारमा आउछ भने त्यसमा केहि मिसावट छ भनेर बुझ्न जरुरी छ ।उपभोक्ताले आफ्ना आपूर्तिकर्ता चिन्न जरुरी रहेको सन्जय बताउछन् । 

किसानबाट ल्याएर आफ्नो ब्राण्डिङ

पहाडीले सबै सामानहरु किसानहरु बाट ल्याएर ब्राण्डिङ गरेर बेच्ने गरेको छ । किसानहरुले उत्पादन गरे पछि उनीहरुको सहजताको लागि मात्र हामी त्यहा जाने गर्छौ। हामी आफै फार्म खोलेर चाँहि उत्पादन गर्दैनौ,” प्रशान्त भन्छन् ,“हामी किसानका उत्पादनलाई उचित मूल्य दिएर बजारीकरणलाई सजिलो बनाउन आएका हौँ ।उनीहरुले भैरहवामा ब्राण्डिङका लागि १२ जना कामदार पनि राखेका छन् । 

पहाडीका सामानहरु काठमाडौँ भीत्रका ५ सयओटा पसलहरुमा जाने गरेका छन् । एक वर्ष भीत्र काठमाडौँमा मात्र ६ हजार ५ सय किराना पसलबाट काम गर्ने उद्देश्य रहेको प्रशान्तले बताए । यो चैत्र सम्म काठमाडौँका ६ हजार ५ सय किराना पसलहरुबाट हामीले पहाडीका सामानहरु विक्रि गर्ने तयारीमा छौँ । र अर्को चैत्र सम्म देशका १२ हजार किराना पसलहरुबाट हाम्रा सामान बिक्री गर्ने गरि तयारी गरिरहेका छौँ,” प्रशान्तले भने ।



गुणस्तरमा धयान दिएकोले आफ्नो सामानको मूल्य विदेशी सामान भन्दा केहि महँगो भएको पहाडीले जनाएको छ ।  “किसानले दिएको मूल्यबाट नै हामीले नयाँ मूल्य बनाउछौ । विदेशि सामान भन्दा अलिक महँगो छन् । विदेशी धेरै सस्तोमा सामानहरु दिन्छन् । मत छक्क पर्छु कसरी दिन्छन्,” प्रशान्त भन्छन्, “हामीले जति कोसिस गर्दा पनि सहि असली सामानहरु त्यति सस्तोमा दिन सकिदैन रहेछ । हामीले मूल्य भन्दा पनि गुणस्तरमा ध्यान दिएका छौँ । हाम्रो सामान उपभोक्ताले सस्तोमा चाहियो पनि भन्नु भएको छैन ।” 

४ महिनामा नै पहाडीले ३० लाखको कारोबार गरि सकेको छ । नेपालमा उत्पादन भएका सबैवस्तुलाई बिक्री गर्ने पहाडीको मूख्य उद्देश्य हो । कृषकले उत्पादन गरेका सबै वस्तुहरु बिक्री हुँदैनन् । त्यस्ता खेर जाने सबै वस्तुहरु किनेर त्यसलाई कसरी बिक्री गर्न सकिन्छ त्यहि अनुसार हामी लागि परेका छौँ,” प्रशान्तले भने, “हामीले अर्को बर्ष देखि तिहारमा माला उनेर रहेका फूलबाट चिया बनाउने बारे सोचेका छौँ । यसपालीबाट नै गर्ने थियौ, तर, केहि ढिला भयो ।  अर्को वर्ष देखि त्यसता फूलको चिया बनाउने छौ ।उनले थपे फूलको चियाले स्वास्थ्यलाई पनि राम्रो गर्छ ।

पहाडीमा एउटा मात्र ब्राण्ड छैनन् । मार्केट अनुसारका ब्राण्ड चाहिने भएकाले धेरै वटा ब्राण्डहरु रहेको प्रशान्तले बताए । एउटा व्यवसायलाई सफल बनाउन उत्पादन कर्ता देखि उपभोक्तासम्म बिचमा आउने सबैको महत्वपूर्ण भुमिका हुने गरेको प्रश्नत बताउछन् । 

आफ्नो व्यवसायीक यात्रामा कहिले पनि,कहिँ पनि समस्या नआएको प्रशान्त बताउछन् । सबैले साथ दिनु भएको छ । हाम्रो टिम योङ्ग भएकाले सबैले माया गर्नु भएको हो कि,” उनले ठटैली पारामा भने, “धेरै तिर समस्या छ भनेको सुनिन्छ । तर, मलाई त्यो महसुस भएको छैन ।  यो क्षेत्रमा बजारमा प्रतिस्पर्धा छ जस्तो पनि लाग्दैन । हामी प्रतिस्पर्धाको हिसाबले सोच्दा पनि सोच्दैनौ । हाम्रो मूल्य पनि कोहिसँग प्रतिस्पर्धा छैन । अरुको भन्दा बढि नै हुन्छ ।

फरक फरक पृष्ठभूमिबाट आएका ४ भाई एकै ठाउँ

पहाडीका ४ जना सहसंस्थापकहरु फरक फरक पृष्ठभूमिका हुन् ।  उनीहरु कोहि पनि एउटै विषय पढेर आएका हैनन् । सबैजना फरक फरक ठाउँबाट आएका हुन् । प्रशान्त र रोविन चाँहि सानै देखि सँगै पढेका हुन् ।  

३१ वर्षका प्रशान्त काठमाडौँमा नै हुर्केका हुन् । उनि बाल्यकालदेखि नै प्रविधिमा रूचि राख्थे । आधुनिक प्रविधिको क्षेत्रमा केही काम गर्ने सोच थियो । उनले स्कुले जीवनमै सफ्टवेयर बनाएर बेचेका थिए ।

उनले कक्षा दश सम्म मात्र पढेका छन् । उनले रोबोटिक्स एसोसिएसनमा केही समय काम पनि गरे । उनले इन्जिनियरिङ गर्नेलाई एउटा संस्था पनि खोलेका थिए । त्यसपछि २०७२ सालको भुकम्प पछिनिरन्तरता दिन सम्भव भएँन । भुकम्प पछि पैसा पनि नकमाई भएन त्यो संस्था पनि बन्द गरिदिए,” उनले भने । त्यसपछि उनी भारत गए र भारतको एउटा सफ्टवेयर कम्पनीमा २ वर्ष काम गरे । त्यो काममा पनि केहि  समस्या आए त्यसलाई निरन्तरता दिन सकेनन् । 

त्यसपछि घर फर्किए, घर फर्किएपछि काम खोजिरहेका थिए । उनका बुवा तुलसी घिमिरेको पनि व्यवसाय थियो । बुवाले आफ्नै व्यवसायमा सघाउन भने । त्यसपछि उनले नयाँ ब्राण्ड बनाउन मन लाग्यो । र उनका परिवार सँगै हाइलाइफमा अवाद्द भएर काम गर्न थाले । मेरा हजुरबुवाले पनि व्यवसाय गर्नु हुन्थ्यो । तर, के को व्यवसाय गर्नु हुन्थ्यो त्यो चाँहि थाहा मैले थाहा पाइन । किनकी मलाई त्यसमा चासो नै थिएन,”प्रशान्तले भने । 

त्यसपछि उनी नयाँ योजनाका साथ अघि बढ्ने सोचे र कम्पनीलाई हाइलाइफलाई ब्रान्डका रूपमा अघि सारे । थोरै परिमाणमा उत्पादन गर्दै प्रशान्त बजार धाउन थाले । ग्राहकको प्रतिक्रिया लिँदै सुझावअनुसार सुधार गर्दै अघि बढे । र आफ्नो ब्राण्डलाई अन्तराष्ट्रिय बजारमा पनि चिनाउन सफल भए । हाइलाइफ आईपीओमा पनि जाने स्थानमा पुग्यो । उनी अलिक फुर्सदिला भए त्यसपछि अहिले पहाडीमा सह संस्थापकका रुपमा काम गरि रहेका छन् । अब छिटै हाइलाइफबाट पनि निस्कने बारे सोचिरहेको छु,” उनले भने । 

त्यस्तै सह संस्थापक संजय काफ्लले कृषि विषयमा मास्टर्स गरेका छन् । पर्वतका उनी सामाजिक कार्यकर्ता पनि हुन् । म पहाडीमा आउनु भन्दा पहिला खोजमुलक कार्यहरुमा आवद्द हुन्थे । लगभग ५६ ओटा जिल्लाहरुमा म पुगेको छु । मेरो भिडियो र स्टोरीले धेरै मानिसहरुले अवसर पाएका छन्काफ्लेले भने । 

संजय बेष्ट म्याड हनीसंस्थापक पनि हुन् । म व्यापारी त हैन तर नेपालका जति पनि ठाउँमा घुमे केहि गर्नु पर्छ भन्ने चाहिँ लाग्थ्यो । किनकी कतिपय क्षेत्रमा बजार नभएकाले धेरै सामानहरु खेर जाने गरेका छन्,” उनले भने, “ म स्टोरी लेख्न जादा मह बिक्री नै हुँदैन भन्ने प्रतिक्रिया आए पछि म बिक्री गरिदिन्छु भनेर बेष्ट म्याड हनीसञ्चालन गरेको हो ।

नेपालमा पर्यटन र हाइड्रोमा धेरैले काम गरेको तर कृषि क्षेत्रमा कसैले पनि केहि नगरेको संजय बताउछन् । संजय गाउँमा गएर फार्म खोल्छु एउटा गाउँलाई बनाउछु अर्को गाउँलाई बनाउछु भनेर आफै सरकारले जसरी सोच्ने गर्थे । तर त्यो सम्भव भएन । त्यसपछि उनले यो सामानको बजारीकरण गर्नु पर्यो भनेर बेष्ट म्याड हनीछोडेर पहाडीमा आएका हुन् । प्रशान्तका अनुसार हाल पहाडीले पनि बेष्ट म्याड हनीबाट नै मह बनाइ रहेका छन् । 

त्यस्तै सह संस्थापक अमृत थापा एनआरएन हुन् । अमृत थापा आफु पनि देशको  बारेमा केहि गरौ भन्ने इच्छा भएको मान्छे भएको प्रशान्त स्मरण गर्छन्।

उहाँले  केहि प्रोजेक्ट पनि गर्नु हुन्थ्यो,” प्रसान्तले भने,“उँहाले न्युजबाट हाम्रो बारेमा थाहापाउनु भएछ । त्यपछि सहकार्य गर्न आउनु भयो, अहिले भने नेपाल बाहिर हुनुहुन्छ ।”  

सह संस्थापक रोविन शर्मा भने नेपालमा नै छन् । उनी पहाडीमा आउनु भन्दा अगाडी मन्त्र गिटार र गिटार शपका संथापक पनि हुन् । 

फरक फरक पृष्ठभूमिका यी चारै जना अहिले पहाडीलाई अगाडी बढाइ रहेका छन् । 


पहाडीका उत्पादनहरु


 

आईपीओ निकाल्ने योजना

सबै कुराहरु मिल्यो भने दुई वर्ष पछि पब्लिक कम्पनीमा गएर बजारको अवस्था बुझेर आईपीओमा पनि जाने योजना पहाडीको छ ।दोस्रो वर्षमा नै पब्लिक बनाउने भएकाले यो कम्पनीले सिमित टिमलाई शेयरधनीको रुपमा नराखेर आउन चाहने किसान देखि पसलेलाई पनि शेयरधनी बनाउने पहाडीको उद्देश्य रहेको छ । 

पहाडीले आउदा दिनमा ताजा तरकारीहरुलाई केहि प्रशोधन बिना नै सिधै बजारमा ल्याएर बिक्री गर्ने योजनाहरु बनाई रहेको प्रशान्तले बताए । र फूलहरुको फार्म सँग पनि काम गर्ने योजना पहाडीको छ । पहाडीलाई हामीले ई कमर्समा पनि लाने योजना बनाएका छौँ । यसलाई खानेकुरामा मात्र सिमित नराखेर पहाडमा हुने सबै कुराहरु बेच्न मिल्ने ब्राण्ड बनाउछौँ,”प्रसान्तले भने ।  

कतिपय उपभोक्ताले नेपाली सामानहरु किन्न नरुचाएको प्रशान्त बताउछन् । व्यवसायीले हामीलाई मेड ईन नेपाल चाँहि नलेखिदिनु सामान बेच्न गाह्रो भयो भन्ने गर्छन् । धेरै मानिसले नेपाली सामान हो भनेर थाहा नै नपाईकन नेपाली सामानको प्रयोग गरिरहेका हुन्छ । उनीहरुले धेरै पछि मात्र यो नेपालमा बनेको हो भन्ने गरेको पाइन्छ,” उनले भने, “त्यसैले उपभोक्ताले पनि नेपाली सामानहरुलाई माया गर्नु पर्छ । सामान चिन्न जान्नु पर्छ सस्तो भयो भन्दैमा जस्तो पनि खानु हुँदैन् ।

गाउँमा धेरै सामानहरु उत्पादन हुने गरेका छन् । तर, कतिपय ठाउँमा बाटो राम्रो नभएका कारण त्यो सामान ल्याउन कठिन हुने र जसोतसो ल्याए पनि धेरै खर्च लाग्ने भएकाले सरकारले त्यस्ता ठाउँहरुमा सडक बनाउनु पर्ने  प्रशान्त र सन्जय बताउछन् । यदि नेपाल सरकारले नेपालको बाटो,पानी र शिक्षामा राम्रो गरिदियो भने बाँकि काम निजि क्षेत्रले नै गरिदिन्छ,” उनीहरु भन्छन्।

त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट पाउने सहुलियत कृषि ऋण वास्तविक कृषकले नपाएर अरुले नै पाउने गरेकोले सरकारले यसमा पनि चासो दिनु पर्ने उनीहरुको भनाई छ । 

यस अघिका उद्यमशीला एपिसोड 

उद्यमशीला एपिसोड १ : दुई साथीको 'देसना' अचारले १५ गृहिणीलाई बनायो उद्यमी, दुई लाखलाई जोड्ने योजना

उद्यमशीला एपिसोड २  आमाको रेसिपीबाट जन्मिएको ‘जिम्बु थकाली’ 

उद्यमशीला एपिसोड ३: कोरोना कहरमा जन्मिएको 'भ्याक्सिनो', अब विदेश पुर्याउने योजना 

उद्यमशीला एपिसोड ४ : 'तत्व'मा जमेका पूर्वमन्त्रीका छोरा, नेपाललाई चिनीमा आत्मनिर्भर बनाउने लक्ष्य

उद्यमशीला एपिसोड ५ : ३ जिल्लाका डेढ लाख किसानलाई आत्मनिर्भर बनाएको ‘पैँचो’

उद्यमशीला एपिसोड ६ : २४ वर्षीय माल्भिका: इटालीको फेसन डिजाइन नेपाल ल्याएर आफ्नै उद्यम

उद्यमशीला एपिसोड ७  : नेपालमा नेपाली जुत्ताको जग बसालेका होमनाथ

उद्यमशीला एपिसोड ८: जसले नेपाली चियालाई अमेरिकामा चिनाए, विश्वभर पुर्याउने लक्ष्य

उद्यमशीला एपिसोड ९: बुबाले सुरु गरेको ‘राइनो लेदर्स’ हाँकिरहेकी अलिशा, ७ देशमा बेच्छिन् नेपाली उत्पादन

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved