कुलमानले स्थगित गरे विद्युत महशुलबारे डाकेको पत्रकार सम्मेलन, 'एकजना पियन मात्रै हलमा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 02:07:56 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत महशुलको विवाद स्पष्ट पार्न डाकिएको नेपाल विद्युत प्राधिकरणको पत्रकार सम्मेलन स्थगित भएको छ। निर्धारित समयमा पत्रकार पुग्दा प्राधिकरणले कुनै कारण नदेखाई पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएको हो। 

आज दिउँसो एक बजे प्राधिकरणको कार्यालय रहेको हलमा पत्रकार सम्मेलन डाकिएको थियो। सोहिअनुसार सम्मेलनमा सहभागी हुनलाई पत्रकारहरु प्राधिकरण पुगेका थिए। तर पत्रकार पुगिसकेपछि प्राधिकरणले उक्त पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी गराएको हो। 

पत्रकार सम्मेलन स्थगित गरिनुको कारणबारे प्राधिकरणले कुनै आधिकारिक जवाफ भने दिएको छैन। पत्रकार सम्मेलनमा सहभागी हुन पुगेका पत्रकारहरुले प्राधिकरण प्रमुख कुलमान घिसिङ तथा उनको सचिवालयका मान्छेहरु समेत भेट्न र देख्न पाएनन। 

"पत्रकार सम्मेलन भनेर निर्धारित समयमै पुगियो, तर त्यहाँ पुग्दा प्राधिकरणका एक जना 'पियन' मात्र भेटीए, सम्मेलन स्थगित हुनुको कुनै कारण जानकारी गराइएको छैन" पत्रकार सम्मेलनमा सहभागी हुन पुगेका एक पत्रकारले बिजपाटीलाई बताए। 

उनकाअनुसार विद्युत महसुलको पछिल्लो विवादबारे जानकारी दिनलाई पत्रकार सम्म्मेलन डाकिएको थियो। तर  कुलमान घिसिङ मात्र नभई, प्राधिकरणका उप कार्यकारी निर्देशकहरु,  प्राधिकरणका प्रवक्ता  सुरेश बहादुर भट्टराई, कुलमानका सचिवालयका सदस्यहरु कोहि पनि पत्रकार सम्मेलन स्थलमा भेटिएनन्। 

लोडसेडिंङको बेलामा उद्योगहरुले अतिरिक्त विद्युत प्रयोग गरेको र त्यसको शुल्क नतिरेको भन्दै प्राधिकरणले गत साता ९ वटा उद्योगमा विद्युतको लाइन काटेको थियो। तर उद्योगहरुले आफुहरुले विद्युतको शतप्रतिशत महसुल तिरेको दाबि गर्दै अतिरिक्त विद्युत प्रयोग गरेको प्रमाण देखाउन कुलमानलाई चुनौती दिएका छन्। तर प्राधिकरणसंगै नै उक्त जानकारी नभएको पाईएको छ । यस विषयमा विव्भिन्न जिल्ला अदालतमा मुद्दा परेपछि २ वटा जिल्ला अदालतले विवरण पठाउन प्राधिकरणलाई आदेश दिएको थियो । तर प्राधिकरणले भने आफुहरुसंग उक्त प्रमाण नभएको  अदालतलाई जानकारी गराएको छ। 

यस अघि ; विद्युत प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक नभएको खुलासा, अब के गर्लान कुलमान ?

अख्तियार र कुलमानको चेपुवामा नेपालका उद्योगी व्यवसायी

कुलमानको लोकरिझ्याइँले निम्त्याएको विद्युत महशुलको विवाद

प्रचण्ड देखाएर कुलमानको दादागिरी, फर्जी बक्यौता नतिर्दा काटियो ४ उद्योगको लाइन

फर्जी बिल काटेको भन्दै कुलमानविरुद्ध निजी क्षेत्रका ३ वटै संगठन एकजुट

उद्योगीसँग अर्बौ बक्यौता माग्ने कुलमान प्राधिकरणकै सूचना किन देख्दैनन् ?

उद्योगीहरुको दाबी, ‘प्राधिकरणको अन्याय विदेशतिर हुन्थ्यो भने खोरमा जाकिन्थ्यो

उद्योगीले तिर्नै नपर्ने पैसा माग्दै कुलमान, हेर्नुस् ६ तथ्य

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved