नेपालमा 'गैर-कानूनी' डिप्लोमा कार्यक्रमको बिगबिगी, यी कलेजले पार्दैछन् विद्यार्थीको भविष्य डामाडोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 01:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुरको विश्वकर्मा चोकमा संचालित कश्यप इन्स्टिच्युट अफ इन्जिनीयरिङ एण्ड टेक्नोलोजीले चलाएको सिभिल इन्जिनीयरिङको ३ वर्षे डिप्लोमा कार्यक्रमबाट उत्तीर्ण भएका विद्यार्थीहरू त्यसपछि इन्जिनीयरिङमै उच्च शिक्षा पढ्न पाएनन् ।

२ सय ३५ जना विद्यार्थीले तीन वर्ष मेहेनेत गरेर पढेको खेर गयो । भारतको 'द इन्स्टिच्युट अफ सिभिल इन्जिनीयर्स'को सम्बन्धन लिएर कश्यपले डिप्लोमा कार्यक्रम चलाएको थियो ।

त्रिभुवन विश्वविद्यालयले डिप्लोमा कार्यक्रममा विदेशी सम्बन्धन लिने कुनै कानूनी व्यवस्था नभएको भन्दै समकक्षता प्रमाणपत्र दिन अस्वीकार गर्यो । त्यसपछि ती विद्यार्थीहरू अलपत्र परेका थिए । न उनीहरूले स्वदेशमा उच्च शिक्षा पढ्न पाए, न विदेशमा नै । घटना ९ वर्ष अघिको हो ।

शिक्षा ऐनले नेपालमा कुनै पनि विदेशी डिप्लोमा कार्यक्रम संचालन गर्ने अनुमति दिएको छैन । अहिले कश्यप इन्स्टिच्युट बन्द रहेको छ तर शिक्षा मन्त्रालयले सार्वजनिक गरेको विदेशी सम्बन्धन प्राप्त कलेजहरूको सूचीमा अहिले पनि कश्यप देखिन्छ ।

विद्यार्थीको शैक्षिक भविष्य डामाडोल पार्ने गरी यति ठूलो गल्ती कश्यपका संचालकले त गरे नै, यसमा शिक्षा मन्त्रालयको पनि ठूलो कमजोरी देखिन्छ । कश्यपका संचालक अरविन्द ठाकुरले अहिले आफ्नो कलेजमा ट्युसन र कोचिङ चलाइरहेका छन् । यसविरुद्ध परेको मुद्दालाई पनि पैसाकै बलमा 'सेटल' गर्ने प्रयास गरिएको थियो ।

तर त्यसबाट कतिपय कलेजले अझै पाठ सिकेका छैनन् । अहिले पनि नेपालका केही कलेजहरूले विदेशी सम्बन्धनमा खुल्लम खुल्ला डिप्लोमा कार्यक्रमहरू चलाइरहेका छन् । तीमध्ये कतिपयले पैसा खुवाएर त्रिभुवन विश्वविद्यालयबाट समकक्षता दिलाउने गरेका छन् भने कतिपयले 'जे सुकै होस्' भन्दै विद्यार्थीलाई उल्लू बनाएका छन् ।

ललितपुरको लगनखेलमा रहेको सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेनरसिप लगनखेलले क्लुनरी सोलुसन्स अष्ट्रेलिया इन्टरनेसनल कलेजको सम्बन्धन लिएको भन्दै क्लुनरी आर्ट्स र बेकरीमा ८/८ सय घण्टे कक्षाहरू संचालन गरेको छ । उक्त ८ सय घण्टे कार्यक्रमलाई कानूनले चिन्दैन । उक्त कोर्स गरेपछि विद्यार्थीले त्यससँग सम्बन्धित उच्च शिक्षा लिन पाउँदैनन् ।

कलेजकी संचालिका सावित्री महर्जनले आफूले शिक्षा मन्त्रालयको स्वीकृतिमै उक्त कार्यक्रम चलाएको दाबी गरिन् । जबकी २०५९ सालमा जारी विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्नेसम्बन्धी निर्देशिकामा महर्जनले चलाउने गरेको कार्यक्रमको वैधता कहीं कतै उल्लेख छैन । मन्त्रालय यसमा मौन छ ।

त्यस्तै विशालनगरमा रहेको आइईसी कलेज अफ आर्ट एण्ड फेशनले इन्टेरियर आर्किटेक्टर र फेसन रिटेलिङ कक्षाहरू चलाइरहेको छ । त्यो पनि डिप्लोमा सरहकै कार्यक्रम रहेको शिक्षा मन्त्रालयका एक कर्मचारीले बताए । निर्देशिकाअनुसार मलेसियाको लिमकोकविङ युनिभर्सिटी अफ क्रियटिभ टेक्नोलोजीको सम्बन्धनमा चलेको उक्त कलेजले चलाएको कार्यक्रम पनि वैध छैन । उक्त कार्यक्रम पूरा गरेका विद्यार्थीहरू उच्च शिक्षा लिन योग्य हुँदैनन् ।

त्यस्तै काठमाडौँको मन्डिखाटारमा संचालित ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेसन (गेट) कलेजले नेपालको कानूनले चिन्दै नचिन्ने डिग्री बाँडिरहेको छ । स्विजरल्याण्डको होटेल एसोसियसनको नामबाट सम्बन्धन लिएको उक्त गेट कलेजले शिक्षा मन्त्री र कर्मचारीहरूलाई प्रभावमा पारेर विद्यार्थीहरूलाई मूर्ख बनाइरहेको छ ।

बिजपाटीले गेट कलेजको ठगीधन्दाबारे समाचार लेखेपछि उक्त कलेजका संचालक खेम लकाई स्विजरल्याण्ड उडेका छन् । उनले यसअघि जेनेभास्थित नेपाली दूतावासमा कार्यरत शाखा अधिकृत भुवन पौडेललाई मोटो रकम दिएर त्यहाँको होटेल एसोसियसन सम्बन्धन दिन योग्य शिक्षण संस्था हो भन्ने प्रमाणीकरण गर्न लगाएका थिए ।

यसरी विद्यार्थीको भविष्य जोखिममा परिरहँदा शिक्षा मन्त्रालय भने मौन छ । मन्त्रालयले न त सही ढंगले नीति नियम लागू गराउन सकेको छ न त विद्यार्थीको शैक्षिक भविष्यको सुनिश्चितता गराउन नै खोजेको छ । अनुगमन गर्नका लागि कहिलेकाँही बन्ने उपसमितिहरू पनि आर्थिक प्रलोभनमै पर्ने र जे जसरी कलेजहरू चलेका छन् त्यसै गरी चल्न दिने गरी सिफारिस गर्ने गरेका छन् ।

यसअघि - 

३ वर्षे कोर्सको ४ वर्षे सर्टिफिकेट, विद्यार्थीलाई मूर्ख बनाएर ब्रिटिश कलेजले यसरी गर्छ शैक्षिक 'धन्दा' 

गैर-कानूनी रूपमा आइबी कार्यक्रम चलाएको प्रिमियरले यसरी गर्छ 'हुण्डी धन्दा'

शिक्षामा माफियाकरण : कालोसूचीमा परेको लिंकन विश्वविद्यालयको सम्बन्धनमा विद्यार्थीमाथि ठगी

प्रिमियरको ठगीधन्दा : 'आइबी'का नाममा कानून उल्लङ्घन, सर्टिफिकेटको कानूनी मान्यता शून्य

होटेललाई विश्वविद्यालय भन्दै गेटले यसरी बाँड्छ नक्कली डिग्री

नक्कली पीएचडीको बिगबिगी : एक हातमा पैसा अर्कोमा प्रमाणपत्र, नाममा डा. झुण्डिएपछि सचिव पनि मख्ख

गेटको 'गैरकानूनी धन्दा' : कलेजकै नामबाट नक्कली ब्याचलर डिग्री, विद्यार्थीको हरिबिजोग

शिक्षा मन्त्रालयको बदमासीले विदेशी सम्बन्धनप्राप्त कलेज छाडा भए - डा. कोइराला [अन्तर्वार्ता]

विदेशी सम्बन्धन प्राप्त 'अवैध' कलेजमाथि प्रश्न उठाउने उपसचिवको स्थानीय तहमा सरुवा

नेपालको शिक्षालाई दोष दिएर 'कमाउ धन्दा'मा लागेका ब्रिटिश कलेजहरूलाई कतिन्जेल सही मानिरहने ?

विद्यार्थी किनबेचको अखडा 'आइएसएमटी' : कारवाही गर्नुको साट्टो शिक्षा मन्त्रीले दिए नयाँ उपहार

ब्रिटिश कलेजको गजबको धन्दा : विद्यार्थीबाट चर्को फी उठाउने, पहिलो बर्ष चिया खुवाउने पठाउने !

विद्यार्थीलाई प्रयोग गरेर जबरजस्ती गैरकानूनी 'धन्दा' चलाउँछ ब्रिटिश कलेज

आइटी पढ्न खोज्नेहरू यसरी बन्छन् इस्लिङ्टनको 'शिकार', टीयुको प्रवेश परीक्षाबाटै चोरिए विद्यार्थी

ब्रिटिश कलेज : शक्तिका आडमा दुई नम्बरी धन्दा, बेलायत घुम्न पाएपछि शिक्षामन्त्री दङ्ग !

इस्लिङ्टनसहित ५ ‘अवैध’ कलेजमाथि कारवाहीको सिफारिस, यस्तो छ छानविन प्रतिवेदन

कहाँ छन् बेलायतबाट फर्काइएका ८४ नेपाली विद्यार्थी ? मिलेमतोमा लुकाइयो किर्ते गर्ने कन्सल्टेन्सीको नाम

ब्रिटिश कलेजको ठगीकाण्ड : ३ वर्षे कोर्षलाई अवैध रूपमा ४ वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !

बिजपाटी समाचार प्रभावः संसदमै उठ्यो विदेशी सम्बन्धन लिएर चलेका कलेज खारेजको माग

कानून कुल्चेर लिंकनले यसरी बिस्तार गरेको छ 'शैक्षिक माफिया सञ्जाल'

इस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर-कानूनी आर्थिक कारोबार

लिंकन युनिभर्सिटीका नाममा चलेको केएफए कलेज, जसलाई शिक्षा मन्त्रालयले चिन्दैन

शिक्षण संस्थाहरुको गैरकानुनी र अवैध धन्दाबारे समाचार लेख्दा बिजपाटीलाई लिंकनको नामबाट धम्की

आर्थिक प्रलोभनको आडमा नेपालमा लिंकनको माफिया संजाल

विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved