
त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले समकक्षता प्रदान गर्न कडाई गरेको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर अवैध रुपमा पाठ्यक्रम संचालन भईरहेको समाचार बिजपाटी डटकमले निरन्तर प्रकाशन गरेपछि केन्द्रले समकक्षता प्रदान गर्न कडाई गरेको हो।
पाठ्यक्रम विकास केन्द्रले पहिलो चरणमा सिंघानियाँ विश्वविद्यालय (राजस्थान, भारत), मेवार विश्वविद्यालय (राजस्थान, भारत), साइनाथ विश्वविद्यालय (झारखण्ड, भारत) र लभ्ली प्रोफेसनल विश्वविद्यालय, (पञ्जाव, भारत)बाट विभिन्न तहको शैक्षिक योग्यताको उपाधि लिएकाहरुलाई प्रदान गर्ने गरिएको समकक्षता हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
त्यस्तै विज्ञान तथा प्रविधि, सूचना तथा सञ्चार, इन्जिनियरिङ्ग, कृषि, वन, चिकित्सा, होटल म्यानेजमेन्ट जस्ता प्राविधिक तथा प्रयोगात्मक विषयको अनलाइन माध्यमबाट अध्ययन गरेको वा परीक्षा दिई उपाधि लिएकाहरुको समकक्षता पनि हाललाई स्थगन गरिएको केन्द्रले जनाएको छ । केन्द्रको २०७९ श्रावण १२ गतेको बोर्ड बैठकले यस्तो निर्णय गरेको केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पारसनाथ यादवले जानकारी दिए।
बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरू -
गैर-कानूनी रूपमा आइबी कार्यक्रम चलाएको प्रिमियरले यसरी गर्छ 'हुण्डी धन्दा'
शिक्षामा माफियाकरण : कालोसूचीमा परेको लिंकन विश्वविद्यालयको सम्बन्धनमा विद्यार्थीमाथि ठगी
प्रिमियरको ठगीधन्दा : 'आइबी'का नाममा कानून उल्लङ्घन, सर्टिफिकेटको कानूनी मान्यता शून्य
होटेललाई विश्वविद्यालय भन्दै गेटले यसरी बाँड्छ नक्कली डिग्री
नक्कली पीएचडीको बिगबिगी : एक हातमा पैसा अर्कोमा प्रमाणपत्र, नाममा डा. झुण्डिएपछि सचिव पनि मख्ख
गेटको 'गैरकानूनी धन्दा' : कलेजकै नामबाट नक्कली ब्याचलर डिग्री, विद्यार्थीको हरिबिजोग
शिक्षा मन्त्रालयको बदमासीले विदेशी सम्बन्धनप्राप्त कलेज छाडा भए - डा. कोइराला [अन्तर्वार्ता]
विदेशी सम्बन्धन प्राप्त 'अवैध' कलेजमाथि प्रश्न उठाउने उपसचिवको स्थानीय तहमा सरुवा
नेपालको शिक्षालाई दोष दिएर 'कमाउ धन्दा'मा लागेका ब्रिटिश कलेजहरूलाई कतिन्जेल सही मानिरहने ?
विद्यार्थी किनबेचको अखडा 'आइएसएमटी' : कारवाही गर्नुको साट्टो शिक्षा मन्त्रीले दिए नयाँ उपहार
ब्रिटिश कलेजको गजबको धन्दा : विद्यार्थीबाट चर्को फी उठाउने, पहिलो बर्ष चिया खुवाउने पठाउने !
विद्यार्थीलाई प्रयोग गरेर जबरजस्ती गैरकानूनी 'धन्दा' चलाउँछ ब्रिटिश कलेज
आइटी पढ्न खोज्नेहरू यसरी बन्छन् इस्लिङ्टनको 'शिकार', टीयुको प्रवेश परीक्षाबाटै चोरिए विद्यार्थी
ब्रिटिश कलेज : शक्तिका आडमा दुई नम्बरी धन्दा, बेलायत घुम्न पाएपछि शिक्षामन्त्री दङ्ग !
इस्लिङ्टनसहित ५ ‘अवैध’ कलेजमाथि कारवाहीको सिफारिस, यस्तो छ छानविन प्रतिवेदन
ब्रिटिश कलेजको ठगीकाण्ड : ३ वर्षे कोर्षलाई अवैध रूपमा ४ वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !
बिजपाटी समाचार प्रभावः संसदमै उठ्यो विदेशी सम्बन्धन लिएर चलेका कलेज खारेजको माग
कानून कुल्चेर लिंकनले यसरी बिस्तार गरेको छ 'शैक्षिक माफिया सञ्जाल'
इस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर-कानूनी आर्थिक कारोबार
लिंकन युनिभर्सिटीका नाममा चलेको केएफए कलेज, जसलाई शिक्षा मन्त्रालयले चिन्दैन
शिक्षण संस्थाहरुको गैरकानुनी र अवैध धन्दाबारे समाचार लेख्दा बिजपाटीलाई लिंकनको नामबाट धम्की
आर्थिक प्रलोभनको आडमा नेपालमा लिंकनको माफिया संजाल
विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा